काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रौतहटको गौर पुगेर हिंसात्मक अभिव्यक्ति दिएकी छन् ।


ADVERTISEMENT


सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)की नेतृ समेत रहेकी यादवले बुधबार गौरमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको हत्या गरिदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएकी हुन् ।


ADVERTISEMENT

# # #


हिन्दीमा भाषण गर्दै मन्त्री यादवले सीके राउत र उनका कार्यकर्तालाई लाठी नचलाउन चेतावनी दिएकी छन् । उनले सीके राउत र उनका कार्यकर्ताले फणा देखाएमा वि.सं. २०६३ सालमा गौरमा भएजसरी अर्को नरसंहार दोहोरिने अभिव्यक्ति दिएकी हुन् ।

मन्त्री यादवको तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले गौरको एक राइस मिलमा भाला रोपेर २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए । मन्त्री यादवले भनिन्, ‘गौरमा भाटा चलाउने प्रयास नगरिओस् । यहाँ लाठी (भाटा) नचाउन आउँछ । यो लाठी चलाएपछि तपाईंको लाठीको त्यही टुक्राटुक्रा पारेर तपाईंकै हातमा राखेर घरमा लगी राखिनेछ ।’

उनले अघि थपिन्, ‘म डाक्टर साहेबलाई यतैबाट भन्छु कोही एक बिरामी मरिहाल्छन् । र तपाईंलाई घेराबन्दी पारेर मारिदिन्छन् । त्यसैले सतर्क भइहाल्नुस् ।’

मन्त्री यादवको यो अभिव्यक्तको चौतर्फी आलोचना भइरहेको छ ।

भिडियो हेर्नुहोस्: