काठमाडौं –  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव  हिंसात्मक र गैरजिम्मेदार अभिव्यक्तिका कारण संकटमा परेकी छन् । अभिव्यक्तिका कारण संकटमा परेकी यादवको राजीनामा माग्न थालिएको  छ ।


ADVERTISEMENT


सामाजिक सञ्जालमा यादवविरुद्ध सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? जस्ता प्रश्नहरु सोधिन थालेको छ भने  कानुनी र  नैतिककुनै पनि हिसाबमा  बहालवाला मन्त्रीले यसो गर्न नमिल्ने  बताइएको छ  ।


ADVERTISEMENT

# # #


रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सर्वाजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन् । त्यसका लागि उनलाई घेराबन्दी गरी हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन् । निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर हत्या फोरमकै नेतृत्वमा भएको स्वीकारोक्तिसमेत दिइन् ।

मन्त्री यादवको भनाइलाई लिएर देशव्यापी विरोध तीव्र भएको छ । यसले कानुनी राज्यको उपहास गरेको, हत्या हिंसालाई प्रश्रय दिएको, शान्ति प्रक्रियामा गइसकेको शक्तिलाई बिथोलेर समाजमा अशान्ति ल्याउने वातावरण निम्त्याएको बुद्धिजीवीहरुको ठम्याइ छ । मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गरेका छन् ।  अन्नपूर्णपोष्ट दैनिकबाट ।