काठमाडौँ– युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले कलंकी–नागढुंगा सडक छिटो निर्माण सम्पन्न गर्न कालोपत्र गर्ने कार्य शुरु भइसकेको बताएका छन्।


ADVERTISEMENT


आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र १० का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेएका मन्त्री केसीले कीर्तिपुर सतुंगलमा आज आयोजित घरदैलो कार्यक्रममा सो जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा मन्त्री केसीले क्षेत्र नम्बर १० को शिक्षा, स्वास्थ्य, खानेपानी, सडकजस्ता पूर्वाधार विकासमा उल्लेखनीय योगदान गरेको र आगामी दिनमा पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

सो क्षेत्रका मतदाताले कलंकी–नागढुंगा सडक निर्माण कार्य छिटो पूरा गर्न, सडक विस्तारका क्रममा परेका घर तथा जग्गाको उचित मुआब्जा दिन मागसमेत गरेका थिए ।

काँग्रेस नेतासमेत रहेका केसी विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अत्याधिक मतले पराजित गरेका थिए ।