महेन्द्रनगर, धनुषाट्ठ खानेपानी तथा सरसफाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेसबाहेक अरु कोही मधेशको हितैषी हुन नसक्ने भन्दै काँग्रेसलाइ नै विजयी गराउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहुेका मन्त्री यादवले देशको विविधतालाई सम्मान गर्न नसक्ने पार्टीले चुनाव जित्यो भने विनाशको शुरुवात हुने बताए ।


ADVERTISEMENT

# # #


उनले राष्ट्रवादको नौटंकी प्रदर्शन गरिरहेको नेकपा (एमाले) विभिन्न भूगोल र समुदायका जनतालाई एक–आपसमा लडाएर आनन्द लिन खोजिरहेको आरोप लगाउदै त्यस्तो भ्रमबाट मुक्तहुन आग्रह गरे ।

एमाले, फोरमलगायत पार्टीबाट काँग्रेसमा प्रवेश गरेका दर्जनौँं कार्यकर्ताको स्वागतमा आयोजित सभामा मन्त्री यादवले आजैदेखि पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरे ।

मन्त्री यादवले भने–“तपाईहरुको क्षमता र योग्यताको पार्टीले मूल्यांकन गर्नेछ, गरिबीमा मात्र कम्युनिष्ट पार्टी फस्टाउने हुँदा उनीहरु जनतालाई गरिब नै बनाउन चाहन्छन्, नेता धनी बन्ने, जनता र कार्यकर्ता गरिब बनाउने पार्टीको नेपालमा मात्र होइन विश्वमै भविष्य छैन ।”

संविधान संशोधनमार्पmत मधेशलाई अधिकार सम्पन्न बनाउन पनि एमाले नै बाधक बनेको मन्त्री यादवको भनाई थियो ।

कार्यक्रममा प्रदेशसभा ‘ख’ का उम्मेदवार वासुलाल महतोले यस क्षेत्रको विकासका लागि काँग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए ।