काठमाडौँ– नेपाली बजारमा सुनको पहेँलो धातुको मुल्य क्रमशः ओरालो लाग्दै गएको छ ।


ADVERTISEMENT


सुनचाँदी बजारमा आज अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९२ हजार २०० रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज सुनचाँदी बजारमा  प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैया तोकिएको हो ।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैया छ, जसको मूल्य गत आइतबार प्रतितोला ९१ हजार ७०० रुपैया थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाले घटेर एक हजार २४० रुपैयामा आएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ । रासस