काठमाडौँ– प्रहरीले अवैध मानिने अनलाईन जुवा खेलमा संलग्न व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी सुदिप गिरीको निर्देशनपछि हाल अनलाइन जुवा खेलमा संलग्न समूहहरु एकपछि अर्को क्रमशः पक्राउ पर्न थालेका हुन् ।


ADVERTISEMENT


यस शिलशिलामा आइतबार मात्रै बौद्धबाट ७४ जना व्यक्तिहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमध्ये ६६ जना पुरुष र ८ महिला रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, कोभिड–१९ जोखिम न्युनिकरणका लागि यस विषम परिस्थितिमा सरकारले भीडभाड र हुलदङ्गगा नगर्न दिएको निर्देशनलाई बेवास्ता गर्दै बौद्धस्थित रहेको एक रेष्टुरेण्टमा ठूलो संख्यामा मानिसहरु भेला भई अनलाइन बिङ्गो खेलिरहेको पाएपछि त्यहाँ संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको हो ।

उक्त रेष्टुरेण्ट दोलखा घर भई हाल बानेश्वर बस्दै आएका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गर्दै आएका थिए । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर तथा प्रहरी वृत्त बौद्धबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो क्रममा छ लाख १९ हजार दुई सय पचास रुपैयाँ नगद र खेलमा प्रयोग गरिने सामाग्री (मोबाइल) र कुपन समेत बरामद गरेको  छ ।

पक्राउ हुनेहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसूरमा थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।