काठमाडौँ – कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाभित्रका नागरिक अस्पताल र कान्तिपुर अस्पतालको ल्यावबाट नक्कली पीसीआर रिपोर्ट फेला पारेपछि चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागरिक अस्पतालका प्रवन्धक प्रशन्नकुमार झा र बिचौलिया रोशनकुमार छिट्टान तथा कान्तिपुर अस्पतालबाट नागेन्द्र यादव र माधव मैनाली रहेका छन् ।


ADVERTISEMENT

# # #


वैदेशिक रोजगारमा जाने ब्यक्तिका लागि सरकारले तोकेभन्दा बढी रकम लिएर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेको र छापा मार्दा नक्कली पीसीआर रिपोर्ट बनाउने पाइएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए । नक्कली पीसीआर रिपोर्टका लागि ८ हजार देखि १८ हजारसम्म लिइएको पाइएको उनले बताए ।

दुवै अस्पतालको ल्याब रिपोर्ट बनाउन प्रयोग हुने कम्प्यूटर लगायतका उपकरण र अन्य कागजात समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।