काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीका बिषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको साझा न्युनतम कार्यक्रममा नै नरहेको एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाए । एमसीसी कसले पास गर्न मान्यो वा मानेन भनेर नक्कली हल्ला चलाएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


ओलीले भने, ‘एमसीुसीको एउटा हल्ला चलाएर अन्योलको स्थिति सिर्जना भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीबारे केही पनि उल्लेख छैन । तर, जनतामा अनावश्यक हल्ला फैलाएर को पक्षमा, को विपक्षमा भन्ने नक्कली हल्ला फैलाइएको छ ।’

त्यस्तै अध्यक्ष ओलीले एमसीसीको सरकारले लगेको प्रस्ताव रोकेर सभामुखले बुलिङ गर्न खोजेको तर्क गर्नुभयो । उहाले सरकारले लगेको प्रस्ताव सभामुखले रोक्न नमिल्ने भन्दै सभामुखले अनाधिकृत ढंगले हैसियत भन्दा परको काम गर्न खोजेको धारणा पनि राखे ।

‘निणर्यार्थ पेश गर्न सरकारले कुनै प्रस्ताव लान्छ भने सभामुखले त्यसलाई रोक्न मिल्दैन । तर, सभामुखले हैसियत भन्दा पर बुलिङ गरेर यसलाई रोकिएको छ । ठिक, बेठिक, पास गर्ने कि फेल गर्ने निर्णय के गर्ने सांसदको कुरा हो । प्रतिनिधिसभाको कुरा हो ।’ उनले भने, ‘संसदको अधिकार खोसेर आफ्नै हातमा लिने अनधिकृत प्रयास, यो दुष्प्रयास हो ।’

त्यस्तै सम्बोधनका क्रममा अध्यक्ष ओलीले संविधान कानून र आवश्यकता अनुसार निर्वाचन गर्न ध्यानकर्षण गराएपनि सरकारले नसुनेको जिकिर गरे । उनले संविधानको कार्यान्वयका लागि निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने धारणा राखे । निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने उनको भनाई छ ।

ओलीले सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको आरोप पनि लगाए । उनले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै सरकार जनताको स्वास्थ्यसंग गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताए ।

त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकार आएपनि मुलुकको अर्थतन्त्र धरासयी भएको र पूर्वाधार निर्माणको काम ठप्प भएको बताए ।