काठमाडौँ– गए रातिदेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा हुने क्रम जारी छ । वर्षापश्चात् बढेको चिसोको कारण हिमाली भेगलगायत काठमाडौँ नजिकैका विभिन्न स्थानमा हिमपात समेत भएको छ ।


ADVERTISEMENT


हिमपातसंगै हिउँ खेल्नाका लागि छुट्टै उत्साह र उमंग लिएर सो स्थानहरुमा शहरी क्षेत्रका स्वदेशी पर्यटकहरु पुगिसकेका छन् । तर, यसैक्रममा उपत्यका बहिरका जनजीवन भने हिमपातका कारण कष्टकर बन्न देखिएको छ ।


ADVERTISEMENT

# # #


हिमपातले यहाँका मानिससँगै पशुचौपाय एवम् खेतीपाती समेत प्रभावित बन्न पुगेको छ । यस्तै हिमपताकै कारण सडक अवरुद्ध भएपछि कतिपय स्थानमा सवारीहरु सोहि स्थानमै अड्किएर बसेका छन् ।

हिमपातका कारण देखिएको भिन्न–भिन्न दृश्यहरु तस्बिरमा हेरौँ :

काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण ।  तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । तस्बिर : प्रदीपराज वन्त/रासस

डडेल्धुराको सदरमुकाममा बिहीबार साझँदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित हुनुका साथै यातायातका साधन सञ्चालनमा कठिनाई । तस्बिर : धनबहादुर भण्डारी/रासस

 

हिमपातले सडकमै रोकिएका जुम्लाबाट चल्ने सवारीसाधन  ।   तस्वीर : विजय रावत/रासस

हिमपातले सडकमै रोकिएका जुम्लाबाट चल्ने सवारीसाधन  ।   तस्वीर : विजय रावत/रासस

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको देहिमाण्डौ क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउँदै हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोली । उप–सेनानी बालाराम बुढाथोकीको कमाण्डमा खटिएको ३५ जनाको टोली हिउँ पन्छाउँदै ।

डडेल्धुराको सदरमुकाममा बिहीबार साझँदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित । गर्मी सुरु हुनै लाग्दा भएको हिमपातले जनजीवन कष्ठकर भएपनि खेतीपाती राम्रो हुने भन्दै किसान हर्षित छन् । तस्बिर : धनबहादुर भण

डडेल्धुराको सदरमुकाममा बिहीबार साझँदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित । तस्बिर : धनबहादुर भण्डारी/रासस

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पर्यटकीयस्थल रुइसेमा हिमपात पछि हिउँमा रमाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीर :कमल खत्री/रासस

रुकुमपूर्वको माथिल्लो क्षेत्रमा भएको हिमपात । पटकपटक भएको हिमपातका कारण यहाँका स्थानियमा आफुसंगै पशुचौपाया एवम् बालीनाली कसरी जोगाउने भन्ने चिन्ताले सताउन थालेको छ ।