काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाको अग्रसरतामा नेताहरुबीच आज (आइतबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेट हुन लागेको हो । भेटमा स्थानीय निर्वाचन, अमेरिकी सहायता मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता र अन्य राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


असार अन्तिम साता प्रधानमन्त्रीबाट हटेसँगै अध्यक्ष ओली पहिलो पटक बालुवाटार जाँदैछन् ।

ओरिकाले एमसीसी आगामी फागनु १५ गते (फेब्रुअरी २७) भित्र एमसीसी संसदबाट पास गर्न समयसीमा दिएकाले त्यसका लागि आवश्यक वातावरण बनाउन प्रधानमन्त्री देउवा जुटेका छन् । एमसीसीबारे दलहरुका फरक फरक मत रहेका छन् ।

प्रधानमन्त्री देउवा एमसीसी कुनै पनि हालतमा संसदबाट पास गर्ने पक्षमा छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो औपचारिक धारणा सार्वजनिक नगरे पनि सभामुख अग्नि प्रसाद सापकोटालाई हटाएमा एमसीसीमा सरकारलाई सहयोग गर्ने संकेत गरेको छ ।

यता सत्तारुढ माओवादी केन्द्र भने संशोधन बिना एमसीसी पास गर्न नसकिने अडानमा रहेको छ ।