काठमाडौँ – तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ ।


ADVERTISEMENT


निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन भन्दै युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो । निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता बिरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामा पक्राउ परेका छन् ।


ADVERTISEMENT

# # #


स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट संघ संगठनहरुले निरन्तर बिरोधका कार्यक्रम गर्दै आएका छन् ।