काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे माओवादी केन्द्रको दृष्टिकोण यथावत रहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


आइतबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता श्रेष्ठले एमसीसीबारे सार्वजनिक प्रचण्डको पत्रका कारण एमसीसीबारे माओवादी केन्द्रको दृष्टिकोण र अडानप्रति कुन द्विविधा वा भ्रमममा नपर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले यथास्थितिमा एमसीसी सम्झौता स्वीकार गर्न नसकने र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन नमिल्ने पनि स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ। पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन, सकिदैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सेप्टेम्बरमा एमसीसीलाई लेखेको पत्र आइतबार (आज) सार्वजनिक भएको थियो । पत्रमा देउवा र प्रचण्डले एमसीसी पास गर्नका लागि समय माग गरेका थिए ।

उनीहरुमा माग गरेको समय आगामी फागुन १५ अर्थात् फेब्रुअरी २७ मा सकिँदैछ ।