काठमाण्डौं-रोजगारीका लागि कतार पुगेका मोरङको मिक्लाजुङ ७ का २६ वर्षीय शुक्रराज लावतीको मृत्यु भएको छ ।


ADVERTISEMENT


८ महिनाअघि कतार पुगेका उनको सुतेकै ठाउँमा मृत्यु भएको जानकारी आएको परिवारले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनीसँगै कतारमा काम गरिरहेका साथीले खबर गरेपछि घटना थाहा पाएका परिवारले शव ल्याइदिन आग्रह गरेका छन् ।

हृदयाघातका कारण उनको मृत्यु भएको हुन सक्ने बताइएपनि अस्पतालको रिर्पोट आउन बाँकी रहेको उनका साथीले बताएको परिवारले जनाएको छ ।