बाँके–अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दश वर्षपछि पक्राउ परेका छन् ।


ADVERTISEMENT


नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ल १० वर्षपछि शुक्रबार पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


पक्राउ मल्लमाथि वि.सं २०६७ माघ ३ गते नेपालगंज उपमहानगरपालिका–१ पारिजात मार्ग बस्ने २१ वर्षीय हिमाल बुढालाई अपहरण गरी बन्धक बनाई हत्या गरेको अभियोग छ ।

फरार रहेका मल्ललाई गोरखामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा पक्राउ गरेको हो ।

हाल उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।