काठमाडौँ – नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ७ हजार ८ सय ७४ पीसीआर परीक्षणका क्रममा १ हजार २२ जना र ३ हजार ४ सय ९१ एन्टीजेन परीक्षणका क्रममा ५ सय ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप ६ हजार १ सय ४६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख १५ हजार ४ सय ८९ संक्रमित निको भएका छन् । हाल नेपालमा ४० हजार १ सय ११ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३७ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।