काठमाडौँ– सरकारले वागमती नदी किनारामा अनधिकृत रूपमा निर्माण गरिएका बस्तीलाई विकल्पसहित स्थानान्तरण गर्ने तयारी गरेपछि विरोध सुरु भएको छ ।


ADVERTISEMENT


सोमबार संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले  बसोबासका आधारमा लालपूर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न भन्दै ध्यानाकर्षण स्वरुप काठमाडौंको माइतीघरबाट बबरमहलसम्म विरोध र्‍याली निकालेका हुन् ।


ADVERTISEMENT

# # #


र्‍यालीमा सहभागीहरुले बसोबासका आधारमा लालपूर्जा देउ, उपत्यका पनि आयोग गठन गर, सुकुम्वासी एकता जिन्दावाद लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए । एक साताभित्र नै नदी किनारा अतिक्रमण गरेर निर्माण गरेर बनाइएको संरचना हटाइने तयारी सरकारको छ ।

पहिलो चरणमा थापाथली र शान्तिनगरको अस्थायी बस्ती हटाएपछि नदी किनारामा निर्माण गरिएका अवैध बस्तीलाई पनि हटाउने कार्यलाई अभियानकै रूपमा अगाडि बढाइने योजना सरकारको छ ।

वि.सं २०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले डोजर चलाएर थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाएको भए तापनि विकल्प नदिँदा सुकुम्बासीहरू फेरि थापाथलीमै अस्थायी संरचना बनाएर बस्दै आएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले जोखिमयुक्त भएको ठाउँको बस्ती हटाउन तयार रहेको भन्दै त्यसका लागि भूमिसहितको विकल्प चाहिने जनाएको छ ।