काठमाडौँ – वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ । छातिमा समस्या भएपछि आज दिउँसो उनलाई ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।


ADVERTISEMENT


छातीमा निमोनिया देखिनाका साथै उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा काम भएर स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताए। उनले भने, “उहाँमा कोरोना भए नभएको जानकारी पाउन आज हामीले कोरोना परीक्षण गरेका थियौँ तर रिपोर्ट भने आउन बाँकी नै छ ।” अहिले उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा पनि बढिसकेको बज्राचार्यले बताए।


ADVERTISEMENT

# # #


जोशीलाई निमोनियाको औषधि दिएर अस्पतालमा आज राति पनि राखिने बज्राचार्यले जानकारी दिए । जोशी गत वैशाख ३० गतेदेखि १०० वर्षमा हिँड्दै छन् । जोशीका साथै उनकी धर्मपत्नी राधादेवीले सो कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि केही समय पहिला नै आआफ्नो शरीर मरणोपरान्त दान गरिसकेका छन् ।