काठमाडौँ– नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको छ ।


ADVERTISEMENT


मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो ।


ADVERTISEMENT

# # #


संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु उपयुक्त हुने बताउदैँ एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘उहाँको अंक पुग्दैन, सरकार चल्दैन ।तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं । हाम्रा मन्त्रीहरु फर्कनु हुन्छ ।’

दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने उनले बताए । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ ।

यससंगै एमाले तथा कांग्रेस मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । तर, यता प्रधानमन्त्री प्रचण्डले भने राजीनामा नदिने अडान लिदैँ पुनः एक पटक विश्वासको मत लिने निर्णय गरेको छ ।