काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजीजबीच व्यवसायिक सम्झौता भएको छ ।


ADVERTISEMENT


गत सोमबार एक कार्यक्रममा यी दुई संस्थाबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


उक्त साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजीजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र कामनाबीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बैंकले जनाएको छ ।