काठमाडौँ – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)को बैठकले महासंघको विधान आगामी महाधिवेशनमा अनुमोदन गर्नेगरी संशोधन गरेको छ । आइतबार महासंघका अधयक्ष रमेश पौडेलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


यस्तै खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजना गर्नका लागि उपाध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)को संयोजकत्वमा १९९ सदस्यीय आयोजक कमिटीको गठन गरिएको छ । महाधिवेशनको मिति र स्थान आयोजक कमिटीको बैठकले तय गर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


साथै बैठकले नेपाल खेलकुद महासंघ राष्ट्रिय प्रतिनिधि परिषद्को व्यवस्था गर्ने, कोभिडका कारण स्थगित ‘मेची–काली विशेष खेल जागरण अभियान’ आयोजना गर्ने, नेकोस काठमाडौँ स्पोटर्स फेस्टिबल आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा मेडल प्राप्त गर्ने नेपाली खेलाडीलाई सम्मान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्मा देखिएको समस्या समाधानकालाई सरकारलाई आग्रह गर्दै बैठकले नवौँ राष्ट्रिय खेलकुदको मिति घोषणा गर्ने वातावरण निर्माण गर्न पनि बैठकले माग गरेको छ ।