काठमाडौँ – नेकपा एकीकृत समाजवादीका भातृ संगठनहरुले अमेरिकन सहयोग परियोजना एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


एमसीसी राष्ट्रिय हित, सुरक्षा र सार्वभौमिकता विपरित रहेको भन्दै उनीहरुले काठमाडौं लगाएत देशभर प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


काठमाडौंमा माइतिघरदेखि बानेश्वरसमम विरोध र्याली निकालिएको थियो । कालोपट्टीसहित विरोधमा उत्रेका प्रदर्शनकारीले एमसीसी खारेज गर, वैदेशिक हस्तक्षेप अन्त्य गर, एमसीसी चाइदैन देश बेच्न पाइदैन लगाएतका नारावाजी सहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

एमसीसीको विरोधमा यतिबेला विभिन्न राजनीतिक दल र तीनका भ्रातृ संगठनहरूले प्रदर्शन गर्दै आइरहेका छन् । नेपालमा एमसीसीको विषय पछिल्लो समय थप पेचिलो बन्दै गइरहेको छ । एमसिसी संसदमा टेबल गर्ने कि नगर्ने भन्‍ने विषयमा सत्ता साझेदार दलहरू एकमत हुन सकेका छैनन ।