काठमाडौँ – प्रहरीले त्रिभुवन विमानस्थलबाट करिब ५ केसी सुनसहित एकजना चिनिया नागरिकलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीले विशेष सूचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेक गर्दा ३६ वर्षीय चिनियाँ यात्रु झाङ लिलाई ४ किलो ८४० ग्राम सुनससहित पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी भीम ढकालले हिमालय पोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार ती चिनियाँ नागरिक शुक्रबार हिमालय एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका थिए । चेकजाँच गर्दा उनले लगाई आएको पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई मेटल डिकेक्टरले समेत पत्ता लगाउन नुक्नेगरी पेटी आकारको आकारको अर्धठोस सुनको पोका १ थान भेटिएको थियो ।

यस्तै उनले सोही तरिका अपनाएर आफूले लगाएको ३ वटा भित्री वस्त्रहरुमा फल्स बटम बनाई प्रत्येक भित्री वस्त्रमा १–१ पोका राखेको भेटिएको एसएसपी ढकालले जानकारी दिए । उक्त सुनको अन्दाजी मुल्य रु. ३ करोड ९० लाख ०५ हजार ५६० रुपैयाँ रहेको छ ।

सुन अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ । प्रहरीले यसबारेमा थप अनुसन्धान समेत भइरहेको जानकारी दिएको छ ।