काठमाडौँ – एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते पोखरामा हुने भएको छ । चौतारीको आज काठमाडौँमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।


ADVERTISEMENT

# # #