काठमाडौँ – सभामुख अग्नि सापकोटाले एमसीसी लगाएतका बिषयमा सदनमा स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका छन् ।


ADVERTISEMENT


सिहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले अहिलेको अवस्थामा आफु सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेका थिए । बैठकपछि सभामुख सापकोटाले सवै दलले आआफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताए । उनले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने भन्दै आफु रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे ।

आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको र यसमा सरकार गठबन्धन सवैले पहल गर्नुपर्ने उनले बताए । सदनलाई सुचारु गर्ने कुरा र छलफलको वातावरण बनाउने कुरा नै अहिलेको राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरा भन्ने कुरामा सबैको एकमत रहेको उनको भनाई छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले मूल रुपमा संसद् सञ्चालनको विषयमा छलफल भएको जानकारी दिए । उनले एमसीसी लगाएतका विषयमा सहमति विकास गरेर अगाडि बढ्ने कुरा भएको बताए । उनले आफ्ना सांसदहरुको कारवाहीका बारेमा एमालेले राखेको अडान उचित नभएको धारणा राखे ।

सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी भएन् ।