काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको अडियोबारे प्रतिक्रिया दिएका छन् । उनले प्रतिशोध साँध्नका लागि पूरानो अडियोलाई भाइरल गरिएको बताएका छन् ।


ADVERTISEMENT


हिमालय पोष्टसँगको कुराकानीमा उनले भने, ‘पहिले म वनमन्त्री हुँदादेखि नै पछि लागेको थियो । रातीराती ११–१२ बजे फोन गर्ने, पैसा माग्ने, मलाई टर्चर दिने गरेथ्यो ।’ मन्त्री आलेले आफूले सम्झाउने गरे पनि शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउनका लागि अदालतमा हस्ताक्षर गरेपछि ती युवा उत्ताउलो भएर आफूबारे जे पायो त्यही लेख्न थालेको बताए ।


ADVERTISEMENT

# # #


उनले थपे, ‘हेर्नुहोस् ज सामाजिक सञ्जालमा पत्रकारलाई गाली गरेका छन्, माधव नेपाललाई, बाबुराम भट्टराईलाई, शेरबहादुर देउवालाई, गगन थापा, रामकुमारी झाँक्री, राजेन्द्र पाण्डे, म लगायत कसैलाई छोडेको छैन ।’ आफूले त्यसो नगर भन्दा उल्टै आफूमाथि मुख छाडेको मन्त्री आलेको भनाई छ ।

ती युवाले आफूसँग सुरुमा ५० लाख रुपैयाँ मागेको र आफूले वास्ता नगरेपछि प्रतिशोध साँध्नका लागि अडियो तोडमोड गरेर सार्वजनिक गरेको दाबी गरे । उनले हिमालय पोष्टसँग भने, ‘जम्मै तोडमोड गरेका, कहिलेका, कुरा त्यतिकुरा मैँले बोलेकै छैन । अब म पनि मान्छे हो । मलाई गाली गरेपछि मैँले सहने कुरा पनि भएन नि ।’

भाइरल अडियोबारे के यस्तो छ मन्त्री आलेको प्रतिक्रिया: