काठमाण्डौं-एलपी ग्यास चुहावट भएर धनकुटामा हिजो बेलुका एक घरमा आगलागी भएको छ ।


ADVERTISEMENT


सदरमुकामस्थित धनकुटा–७ मितेरी टोलका किरण तुम्सा लिम्बुको घरमा आगोलागी भएको प्रहरीले जनाएको छ । खाना पकाउने क्रममा ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


आगलागीबाट करीब ६ लाख बराबरको क्षति भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए । घटनामा लत्ताकपडा, अन्न लगायत घर भित्र भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन् ।

साँझ साढे ५ बजे सुरु भएको आगलागी नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयबासीले करिव एक घण्टा पछि निभाएका थिए ।

आगो नियन्त्रणको लागि धनकुटा नगरपालिकाको दमकल गएको भएपनि सा‘गुरो सडकका कारण घटनास्थलमा पुग्न नसक्दा बाटैबाट फर्किको थियो ।