कैलाली – मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ । धनगढी–अत्तरिया ६ लेन सडकमा डिभाइडरसँग ठोक्किँदा गोदावरी नगरपालिका–५ का अन्दाजी ३१ वर्षीय दलबहादुर भट्टराई मृत्यु भएको हो ।


ADVERTISEMENT


अत्तरियाबाट धनगढी आउँदै गरेको से ५ प ३९४६ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका–१३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोकिएको थियो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।