काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले एमसीसीले गठबन्धनलाई केहि अप्ठेरो नपार्ने बताएका हुन् । गठबन्धन सहमतिका आधारमा बनेको भन्दै खनालले एमसीसीले छुनुपर्ने कुनै कुरा नरहेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्धा भएकाले जनतको भावनाहरुलाई यसलाई टुङ्गोमा पुराउनुपर्ने धारणा राखे । खनालले प्रधानमन्त्रीका आफ्ना मत र चाहना रहेको र संसद नचलिरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीले भेट्नु स्वभाविक रहेकाले आंशका नगर्ने बताए ।

एमसीसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै नेता खनालले संशोधन नभएसम्म पास हुन नदिने उल्लेख गरे ।