काठमाडौँ – सूचना प्रविधिमा यूगान्तकारी परिवर्तन आएसँगै अहिले हरेक क्षेत्र प्रविधिमैत्री बनिरहेका छन् । डिजिटलाइजेसनको प्रयोगलाई बढाउने नेपाल राष्ट्र बैँकको नीति अनुसार बैकिङ क्षेत्रमा पनि पछिल्लो समय प्रविधिले महत्वपूर्ण ठाउँ ओगट्न सफल भएको छ ।


ADVERTISEMENT


विभिन्न कसिमका बैँक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवाहरुलाई प्रविधिमैत्री बनाएका छन् । पछिल्लो समय आफ्नो सेवाहरुलाई डिजिटल सेवामा रुपान्तरण गर्ने बैँकहरुमा एनआईसी एशिया पनि अग्रस्थानमा रहँदै आएको छ । सकभर सेवासुविधाहरु प्रविधिको प्रयोग गरेर नै प्रदान गर्ने गरी एनआईसी एशिया बैँकले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अघि सारेको छ ।


ADVERTISEMENT

# # #


जसलाई सार्थक तुल्याउन बैकले नारालाई अघि सारेको एनआईसी एशिया बैँकले मोबाइल बैँकिङ, वेबसाइट, इन्टरनेट बैँकिङ, आईसर्भ प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ । ग्राहकले आफ्नो मोबाइलमार्फत नै विभिन्न जानकारीमूलक र वित्तीय कारोबार गर्न सक्छन् ।

मोबाइल बैँकिङमा सबैभन्दा बढी ग्राहक 

एनआईसी एशिया बैँकले ग्राहकहरूलाई आफ्ना मोबाइलमार्फत सुरक्षित तरिकाले आफ्नो खातासम्म पहुँच पुर्याउन मोबाइल बैंकिङ प्लेटफर्म प्रदान गरेको छ ।

एनआईसी एशिया बैँकको मोबाइल बैकिङ एप १२ लाख भन्दा बढी पटक डाउनलोड भएको छ । नेपालका बैँक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता भएको बैँकका रुपमा समेत एनआईसी एशियाले आफूलाई स्थापित गर्न सफल भएको छ ।

हाल बैँकको मोबाइल बैँकिङ प्रयोग गर्ने सक्रिय प्रयोगकर्ता ५ लाख ४० हजार बढी रहेका छन् । जुन अन्य बैँकको तुलनामा सर्वाधिक हो ।

मोबाइलभित्रै बैँक !

आफ्नो मोबाइल बैँकिङ सेवामार्फत नै ग्राहकका लागि बढीभन्दा बढी सेवा उपलब्ध गराउने उद्देश्य राखेको एनआईसी एशिया बैँकले हाल दुई दर्जनभन्दा बढी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैँकिङ एपमार्फत नै आफ्नो खाताको जानकारी निकाल्ने, स्टेटमेन्ट निकाल्ने, विभिन्न खातामा पैसा पठाउने, मुद्दती निक्षेप खोल्ने, बैँकका एटीएम र शाखाहरुको स्थान थाहा पाउने, मोबाइल टप अप, अनलाइन टिकट, युटिलिटी बिल भुक्तानीका सेवाहरु प्राप्त गरिरहेका छन् ।

यस्तै क्यूआर भुक्तानी, गुनासो सुनुवाई, प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिन सक्छन् । यस्तै मोबाइल बैकिङ एममा रहेको ‘कस्टमर केयर’मार्फत ग्राहकले आफ्नो समस्याहरुको यथाशीघ्र समाधान, रिपोर्ट गर्नसक्छन् साथै जिज्ञासाहरुको तत्काल सम्बोधन भइरहेको प्रक्रिया पनि ग्राहकले प्राप्त गरिरहेका छन् । एपमा बैंकका उत्पादन र सेवाहरूबारे जानकारीमूलक सन्देशहरू समेत उपलब्ध रहेका छन् ।

बैँकले मोबाइल बैँकिङमा हालै एउटा नयाँ सुविधान थपेको छ । ‘कार्डलेस विथड्रल’ नाम दिइएको उक्त सेवामार्फत ग्राहकले कार्डबिना नै एटीएमबाट नगद रकम झिक्न सक्ने बैँकले जनाएको छ । डिजिटल बैकिङ सेवालाई प्रोत्साहन गर्न बैँकले मोबाइल बैँकिङ, इन्टरनेट बैकिङ लगायतका सेवाहरु ग्राहकलाई ५ वर्षसम्म निःशुल्क उपलब्ध गराउने अफर समेत बैँकले ल्याएको छ ।

एनआईसी एशिया बैँकले २५ सयभन्दा बढी मर्चेन्टहरुसँग सम्झौता गरेको छ । विभिन्न सेवामा क्यूआर कोडमार्फत पेमेन्ट गर्दा २० देखि ५० प्रतिशतसम्म छुटको सुविधा पनि ग्राहकले लिन सक्ने बैँकले जनाएको छ ।

एनआईसी एशिया बैँकको मोबाइल बैकिङबाटै आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्न सकिने सुविधा ल्याएको छ ।

आईसर्भ डिजिटल सेवा

एनआईसी एशिया बैँकले बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई आईसर्भ प्लेटफर्ममार्फत अघि बढाईरहेको छ । बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आईसर्भ प्लाटफर्मको विकास गरी एनआईसी एशिया मोबाइल बैँकिङ तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।

बैँकले ल्याएको आईसर्भ एउटा यस्तो डिजिटल प्लेटफर्म हो, जसले बैँकमा गएर लाइन लाग्ने बाध्यतालाई कम गर्न सघाइरहेको छ । ग्राहकले ४ वटा विधाअन्तर्गत २० विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ । आईसर्भ आफैमा एउटा भर्चुअल बैंक रहेको र अनेकौ सुविधाले यसलाई एउटा बैंकको रुप बनाएको बैँकले जनाएको छ । आईसर्भ सेवा नेपालको बैंक क्षेत्रमा एनआईसी एशिया बैंकले पहिलो पटक ल्याएको सेवा हो ।

आईसर्भभित्र मोबाइल बैँकिङ, ग्राहक सेवा, टेलर सेवा र कार्ड सेवा रहेका छन् । जसमध्ये मोबाइल बैँकिङ विधामा ग्राहकले नयाँ रजिस्ष्ट्रेसन गर्न, मोबाइल बैँकिङ ब्लक र अनब्लक गर्न सक्छन् । यस्तै ग्राहक सेवा विधाभित्र ब्लानेन्स थाहा पाउने, चेकका लागि अनुरोध गर्ने, मेरो शेयर, सीआरएनका लागि अनुरोध गर्ने लगायतका ११ वटा सेवाहरु रहेका छन् ।

बैँकको आईसर्भकै टेलर सेवामार्फत ग्राहकले नगद तथा चेक डिपोजिट भौचर समेत भर्न सक्छन् । जसले गर्दा बैँकमा गएर लाइन लागेर चेक वा नगद डिपोजिट गर्नुपर्ने बाध्यता हटेको छ । यस्तै कार्ड सेवामार्फत ग्राहकले डेविट कार्डको लागि अनुरोध पठाउने, इ–कमर्स रजिस्ट्रेसन, लगायतका ७ वटा सेवाहरु प्राप्त गर्नसक्छन् ।

इन्टरनेट बैकिङ र वेवसाइट

बढी भन्दा बढी डिजिटल सेवा दिएर ‘डिजिटल फष्ट बैंक’ बन्ने अठोट लिएको एनआईसी एशिया बैँकले ग्राहकलाई मोबाइल बैँकिङ र आईसर्भका साथसाथै इन्टरनेट बैँकिङ सेवाका लागि वेवसाइटमार्फत पनि विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।

जसअनुसार एनआईसी एशिया बैँकका ग्राहकले इन्टरनेट बैँकिङमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरूको उपभोग गर्न सक्छन् ।

यस्तै बैंकको वेबसाइट www.nicasiabank.com बाट अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन,Loan Benefit Calculator, EMI Calculator लगायत बैंकका अन्य सेवा सुविधाको जानकारी प्राप्त गर्न सक्छन् । साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिने वेबसाइटमा प्राप्त गर्न सकिन्छ । बैँकको वेबसाइटमा रहेको च्याटबोटले ग्राहकलाई विभिन्न किसिमका सेवा, समस्याको समाधान र प्रयाप्त जानरी प्रदान गर्दै आएको छ । ग्राहकले वेबसाइटमार्फत नै आफ्ना समस्या र गुनासाहरु बैँकलाई पठाउन सक्छन् ।

आगामी दिनमा सकेसम्म बढी डिजिटल सेवा दिएर डिजिटल फष्ट बैंक बन्ने हामीले अठोट बैंकको छ । एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, बेवसाइट, आईसर्भ तथा इन्टरनेट बैँकिङ एनसेलमार्फत निःशुल्क चलाउन सकिने व्यवस्था गरेको छ । एनसेलका ग्राहकले एनआईसी एशियाका यी सेवाहरु डाटा नलिएर नै निःशुल्क चलाउन सक्छन् ।

नेपालमा डिजिटल बैँकिङलाई प्रवर्द्धन गर्ने, डिजिटल अर्थतन्त्र बनाउने नेपाल सरकार र नेपाल राष्ट्र बैँकको अभियानमा एनआईसी एशियाले हरेक किसिमले प्रयास गरिरहेको छ । ३० लाख भन्दा बढी ग्राहक भएको एनआईसी एशियाले ती सबै ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नका लागि भविष्यमा पनि विभिन्न किसिमका सेवा-सुविधानहरु थप गर्दै जाने जनाएको छ ।

डिजिटल बैँकिङलाई ग्राहकमैत्री, सरल, सहज प्लेटमार्फमार्फत सेवा प्रदान गर्दै आईरहेको एनआईसी एशिया बैँकले गरिरहेका यी प्रयासले पक्कै पनि जिडिबल बैँकिङको अभियानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्न सकिन्छ ।