काठमाडौँ – कुशल भुर्तेलले आफ्नो खेल जीवनकै पहिलो शतक हानेपछि नेपालले ओमानमा जारी टी–२० विश्वकप छनोट ए प्रतियोगितामा फिलिपिन्सलाई २१९ रनको विशाल चुनौती दिएको छ ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमारेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको हो । नेपालका लागि टी-२०मा तेस्रो शतक हानेका कुशल भुर्तेलले सर्वाधिक १०४ रन बनाए । ६१ बलमा नआउट रहँदै उनले १३ चौका र १ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ८३ रन बनाए । मात्र ४३ बलमा उनले ६ चौका र ४ छक्का ठोके ।

नेपालको ४.२ ओभरमा ३६ रन बनाएर २ विकेछट गुमाउँदा क्रिजमा आएका दीपेन्द्रले कुशल भुर्तेलसँग मिलेर तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरे ।

जुन नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि गरिएको सर्वाधिक रनको साझेदारी हो । यसअघि सन् २०१९ मा सिंगापुरविरुद्ध पारस खड्का र आरिफ शेखले दोस्रो विकेटका लागि नटआउट १४५ रनको साझेदारी गरेका थिए ।

आृपनर आशिफ शेख पहिलो बलमै आउट हुँदा कुशल मल्लले १० बलमा २ चौकासहित १२ रन बनाएर आउट भए । लोकेश बमले ३ बलमा १ छक्काको मदतमा नटआउट ६ रन बनाए ।

फिलिपिन्सका लागि डेनियल स्मिथ, मिग्गी पोडोस्की र गुर्भुपिन्दर चोहानले समान १–१ विकेट लिए । फिलिपिन्सले जवाफी ब्याटिङ गर्दैछ ।

पहिलो खेलमा शुक्रबार ओमनमाथि रोमाञ्चक तरिकाले ३९ रनको जित निकालेको नेपाल फिलिपिन्सविरुद्ध विशाल जितको दाउमा रहेको छ ।