काठमाडौँ –रेमिटेन्सलाई नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा लिइन्छ । रोजगारीका लागि विदेशमा गएका नागरिकहरुले पठाएको रकमलाई लक्षित व्यक्तिसम्म पुर्याउन रेमिटेन्स सेवा प्रदायकहरुको भूमिका महत्वपूर्ण हुने गर्छ । रेमिटेन्सलाई सहज र सरल रुपमा प्रवाह र आप्रवाह गर्नका लागि पछिल्लो समय एनआईसी एशिया बैँकले आफूलाई अग्रस्थानमा राख्न सफल भएको छ ।


ADVERTISEMENT


एनआईसी एशिया रेमिटबाट कारोबार हुने रकमलाई अझ सुव्यवस्थित र सहज बनाउनका लागि एनआईसी एशिया बैँकले किसिमका प्रविधिहरुको प्रयोग गर्न थालेको छ । ‘डिजिटल फस्ट’को रणनीति अंगिकार गरेको यस बैँकले अब आफ्नो रेमिटेन्स सेवालाई पनि प्रविधिमैत्री बनाएको छ ।


ADVERTISEMENT

# # #


हरेक बैँकिङ कार्यलाई ‘डिजिटलाइज्ड’ गर्दै आएको एनआईसी एशिया बैँकले एनआईसी एशिया रेमिटबाट आएको रकमलाई समेत अब एनआईसी एशिया बैँकको मोबाइल बैकिङबाटै पठाउने एवं बुझ्न सकिने भएको छ ।

एनआईसी एशियाको यो सुविधासँगै ग्राहकले अब रेमिटेन्सका लागि बैँकका शाखामा गइराख्नुपर्ने झण्झट अन्त्य भएको छ । ग्राहकले घरमै बसेर मोबाइल बैकिङ एप मार्फत नै रेमिटेन्स सेवा लिन सक्ने यो सुविधान नेपाली बैकिङ क्षेत्रमा पहिलो पटक एनआईसी एशियाले ल्याएको बैँकको दाबी छ ।

एनआईसी एशिया रेमिट मार्फत आएको रेमिट रकम बैंकको मोबाइल बैंकिङ्ग एपबाट सहजै बुझ्न सकिन्छ । ग्राहकले आफ्नो नाममा आएको रकम एनआईसी एशिया बैँकको मोबाइल बैकिङबाट सजिलै आफ्नो खातामा जम्मा गर्न सक्छन् ।

मोबाइल एपमार्फत नै यसरी पाउनुहोस् रेमिटेन्स

सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले ल्याएको मोबाइल बैकिङमा नै रेमिटेन्स सेवाले ग्राहकलाई भौतिक रुपमा बैठकमा जानुपर्ने बाध्यतालाई अन्त्य गरिदिएइको छ ।

बैँकको मोबाइल बैकिङ एपमार्फत नै ग्राहकले सहजै आन्तरिक रेमिटेन्स बुझ्न/पाउन सक्छन् । त्यसका लागि ग्राहकले बैँकको मोबाइल बैकिङ एपमा रहेको ‘रेमिटेन्स’मा गईं त्यहाँभित्र रहेको ‘रिसिभ रेमिटेन्स’मा क्लिक गर्नुपर्छ । त्यसपश्चात ‘यूनिक पिन’ विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सकिन्छ ।

मोबाइलबाटै कसरी पठाउने आन्तरिक रेमिटेन्स ? 

यस्तै ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एशियाको मोबाइल बैकिङ एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्छन् । यसका लागि ग्राहकहरूले एआईसी एशिया मोबाइल बैँकिङ एपमा गई एपभित्र रहेको ‘सेन्ड  रेमिटेन्स’ आइकनमा ट्याप गर्नुपर्छ ।

त्यसपश्चात रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्ने बैँकले जनाएको छ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका एनआईसी एशिया बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिने बैँकको भनाई छ ।

मोबाइल बैकिङ एपमा नै ल्याएको यो सेवालाई ग्राहकले निकै रुचाएका एका छन् । यस सेवाप्रति उनीहरुको सन्तुष्टि अपार देखिनुका साथै दिन प्रतिदिन प्रयोगकर्ताको पनि संख्या बढिरहेको छ । निकै सहज र सर भएकाले नै ग्राहकमा यसको आकर्षण बढिरहेको बैँकले जनाएको छ ।

आफ्ना सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैँकको यो सेवाले ग्राहकलाई नयाँ योजनाका साथ सरले तरिकाले प्रदान गर्दै आएको छ ।

विशाल शाखा सञ्जाल, सबैभन्दा बढी ग्राहक संख्या भएको एनआईसी एशियाले पछिल्लो समय सबै किसिमका वित्तीय विवरणमा आफूलाई अग्रस्थानमा राख्न सफल भएको छ । बैँकले देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैँकले मोबाइल बैंकिङ, आइसर्भ सेवा, बेवसाइट र इन्टरनेट बैँकिङबाट पनि ग्राहकलाई सेवा दिँदै आएको छ । मोबाइल बैँकिङ एपमा समावेश रेमिटेन्स सेवाले ग्राहकलाई एनआईसी एशियाप्रति अझ आकर्षित, अझ विश्वास गर्न सकिने बनाएको छ ।