काठमाडौं – लोक गायक तथा कलाकार जयनन्द लामा घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत भेटिएका छन् । लामा अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले लामाको मृत अवस्थामा भेटिएको जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार बुधबार बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत भेटिएका हुन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।