काठमाडौँ– कलाकार ‘पल शाह’ भनिने पूर्णविक्रम शाशाह ले एक गायिकासंगको केशमा आफुलाई सुनियोजित रुपमा फसाउन खोजिएको दाबी गरेका छन् । आफुमाथि लगाइएका आरोपहरुको खण्डन गर्दै अभिनेता शाहले ती आरोपहरु प्रमाणित भए आफु सजाय भोग्न तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


बुधवार गायिकाले शाहविरुद्ध जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएपछि उनले बिहिवार आफ्नो अफिसियल्ली फेसबुक अकाउन्टको पोष्टमार्फत सो कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


जसमा शाहले केहि व्यक्तिहरु आफुलाई फसाउन लागिपरेको भन्दै उनीहरुको नामसहित प्रमाणका रुपमा अडियो समेत सार्वजनिक गरेका छन् । केहि दिनअघि मात्रै गायिकालाई प्रयोग गरेर सार्वजनिक भएको अडियोमा आफुमाथि लगाइएका आरोपहरु उनलाई नियोजित रुपमा फसाउनका लागि रचिएको षड्यन्त्र मात्रै रहेको शाहको भनाई छ ।

कलाकार शाहद्धारा सार्वजनिक नामको पहिलो सूचीमा गायक दुर्गेश थापालाई रहेका छन् । ‘साथी’ सम्बोधनका साथ राखिएको गायक थापापछि शाहले क्रमशः सरोज ओलि लाई ‘ठुल्दाई’ र कृष्ण जोशीको नाम ‘भाई’ को सम्बोधन सहित उल्लेख गरेका छन् । त्यसपश्चात् अन्तिममा भने उनले सम्राट चौलागाईको नाम  लिएका छन् ।

अडियो लिंकसहित पोष्ट गरेका उनले साथमा लेखेका छन्,  ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’