काठमाडौँ– चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । आगामी चैत्र ४ गतेबाट सार्वजनिक गर्ने भनिएको चलचित्र ‘चिसो एस्ट्रे’ को तीन मिनेट लामो ट्रेलर बुधवार कुमारी हलमा आयोजित एक औपचारिक कार्यक्रममा सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


दिन्स पाल्पालीको निर्देशन रहेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङ लगायतको मुख्य भूमिका रहेको छ ।


ADVERTISEMENT

# # #


ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिन्स पाल्पालीले सो चलचित्र साहित्य जगत्मा आधुनिक कविका छविबाट प्रख्यात स्वर्गीय भूपि शेरचनको भूपि शेरचनको ‘चिसो एस्ट्रे’ बाट प्रभावित भएर बनेको बताएका छन् । उनले गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छन्, फिल्मले यही विषयलाई प्रस्तुत गरेको जानकारी गराए ।

फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए । ‘नेपाली सिनेमा हेर्दा सधैँ केही न केही छुटेजस्तो भइरहन्थ्यो । नछुट्ने गरी बनाउन त भन्ने सपनामा यो फिल्म तयार भएको हो,’उनले भने, ‘यो फिल्ममा पनि कमजोरी छैनन् भनेर भन्दिन म । तर हामीले एउटा ईंटा थप्ने मनसायले नै यो फिल्म बनाएका छौँ ।’

फिल्मका मुख्य अभिनेता दिव्य देवले फिल्म निर्माणका रोचक कथा सुनाउँदै आफूले गाउँबाट सहर आउने मदन नामको चरित्र निर्वाह गरेको जानकारी दिए । थिएटरबाट फिल्ममा आएका उनले कतिपय फिल्म गर्दा सहकर्मीबीच आत्मीयता स्थापित गर्ने मौका नपाएको स्मरण गर्दै उनले यो फिल्ममा भने त्यो मौका पाएको र सम्पूर्ण सहकर्मीसँग परिवारको जस्तो सम्बन्ध स्थापित भएको स्मरण गरेका थिए ।

चलचित्रको सहनिर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।