काठमाडौँ– अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।


ADVERTISEMENT


माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो ।


ADVERTISEMENT

# # #


सो क्रममा एमसीसीलाई यथावस्थामा पारित गर्न नहुनेमा एकमत रहेको समाजवादीका नेता झलनाथ खनालले बताए । उनले संशोधनबिना एमसीसी स्वीकार्य नहुने र यसमा माओवादी र समाजवादीको एकै धारणा रहेको जिकिर गरेका छन् ।

त्यस्तै माओवादी नेता देव गुरुङले अहिलेको अवस्थामा एमसीसीका बारेमा सदनमा छलफल गर्ने अवस्था नरहेको जनाएका छन् । सदन अवरुद्ध भएकाले छलफल गर्न चूनौती देखिएकाले सदनलाई सूचारु गर्ने वातावरण बनाएर नै छलफल गर्नुपर्ने उनको भनाई छ ।

यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए । जसपाभित्र पनि एमसीसीका बारेमा मतभेद छ ।