काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्क्ष केपी शर्माओलीबीच संघीय संसद भवन नयाँ बानेश्वरमा छलफल भएको छ । बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएलगत्तै छलफल सुरु भएको हो ।


ADVERTISEMENT


छलफलमा प्रधानमन्त्री देउवासहित सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की र काँग्रेस महामन्त्री गगन थापा तथा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ सहभागी रहेका छन् ।


ADVERTISEMENT

# # #


अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी)मा सत्तारुढ दलहरुमा सहमती नजुटेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग सहकार्यको हात अघि बढाएका छन् । एमसीसी संसदमा १६ गतेभित्र पास गर्नुपर्ने बाध्यताबा बीच काँग्रेस र एमालेबीचको छलफलले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।

यसअघि पनि प्रधानमन्त्री देउवा र काँग्रे नेताहरुले एमाले अध्यक्ष ओलीसँग पटकपटक भेटवार्ता गरेका थिए । एमालेले सर्वप्रथम सरकारले संसदमा जारी अवरोधलाई सरकारले हटाउनु पर्ने र त्यसपछि मात्रै एमसीसीमा एमालेले आवश्यक निर्णय लिने बताउँदै आएको छ । एमालेले विशेष गरी पार्टीले कारबाही गरेका माधव नेपालसहितका जसपाका १४ सांसदलाई संसदमा पदमुक्त गरिनुपर्ने बताउँदै आएको छ ।

यथास्थितिमा एमसीसी पास गर्न नहुने भन्दै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका सत्तारुढ पार्टी सडकमा प्रदर्शन गरिरहेका छन् । तर, सत्ता गठबन्धन टुटेपछि एमसीसी पास गर्ने अडानमा रहेका प्रधानमन्त्री देउवाले एमसीसीमा सहयोग नगरे सरकार छाड्न समेत सत्तारुढ दललाई आग्रह गरेका छन् ।