काठमाडौँ– भारतीय सेनाले नेपाली सेनाका लागि कोरोना विरुद्वको एक लाख डोज खोप उपलब्ध गराएको छ ।


ADVERTISEMENT


भारतको ‘खोप मैत्री’ योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा निर्मित कोभिड–१९ विरुद्धको एक लाख डोज उपलब्ध गराएको हो । बिहिवार नेपाली सेनाको जंगी अड्डामा आयोजित एक समारोहबीच गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


भारतमार्फत प्राप्त उक्त खोपलाई स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गरे । यस्तै भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल अनन्थनारायणले पनि गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त जनाए ।

सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गर्दै आएको छ ।