काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता पनि नछुटोस्, गठबन्धन पनि नटुटोस् भने जस्तो गरिरहेका छन् । अध्यक्ष प्रचण्ड एमसीसी सम्झौता नेपालमा आउनै हुन्न भन्ने पक्षमा भने रहेका छैनन् ।


ADVERTISEMENT


विश्वस्त स्रोतको दाबीलाई मान्ने हो भने दाहाल चुनावपछि हो भने यथास्थितिमा पनि एमसीसी सम्झौतालाई संसदबाट पास गर्न सकिने मनस्थितिमा रहेका छन् । चुनावको मुखमा पार्टीलाई क्षति पुग्ने भयले मात्र उनी सम्झौताका विषयमा आलेटाले गरिरहेको दाहाल निकट एक नेताले बताए ।


ADVERTISEMENT

# # #


शनिबार बिहान काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सत्ता गठबन्धन जोगाउन अन्तिम कसरत गरिहेको बताएका छन् । अध्यक्ष दाहालले सजिलै गठबन्धनलाई टुट्न नदिनेसमेत  बताए ।

उनले यथास्थितिमा एमसीसी समर्थन गर्न नसकिने दोहोर्‍याए । तर, गठबन्धन जोगाउने र एमसीसी समस्या समाधानको विकल्पबारे छलफल भइरहेको पनि बताए ।

‘गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिराखेका छौँ,’ उनले भने, ‘एमसीसीको समस्या पनि समाधान होस् गठबन्धन पनि नटुटोस् भनेर छलफल भइराखेको छ । विकल्प खोजिरहेका छौँ ।’

दाहालले खोजेको  विकल्प चुनावपछि यसकाबारे बहस गरौं । अहिले थाती राखौं भन्नेखाले रहेको कांग्रेसका नेताहरु पनि बताउन थालेका छन् ।