काठमाडौं – संसद भवन अगाडि राखिएको संसद भवन अगाडिको प्रेसर कुकर बमभित्र खाली कागज र प्लाष्टिक भेटिएको छ । ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा यस्तो भेटिएको हो ।  नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो ।


ADVERTISEMENT


संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए । त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद वस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो ।


ADVERTISEMENT

# # #


सोमबार बिहान नयाँ बानेश्वरको मूल सडकमा अज्ञात समूहले छाडेको प्रेसर कुकर ।

सो क्रममा कुकरभित्र नभई इँटा, खाली कागज र प्लाष्टिकको टुक्राहरु मात्र रहेको सेनाले जानकारी दिएको छ । एमसीसीको विरोधमा विभिन्न साना ८ कम्युनिस्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन् ।

सोही क्रममा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि बानेश्वर क्षेत्रका त्रास उत्पन्न भएको थियो ।