काठमाण्डौं-प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनावका लागि निर्वाचन आयोगले आज मतदाता परिचयपत्र वितरण गर्दैछ ।


ADVERTISEMENT


३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते हुने निर्वाचनका लागि आज मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । परिचय पत्र वितरण र मतदाता सचेतना अभियानसंगै गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा निर्वाचन हुने जिल्लामा ३१ लाख ९२ हजार मतदाता छन् । ३२ जिल्लाबाट ३७ प्रतिनीधिसभा र ७४ प्रदेशसभा सदस्य चुनिदैछन् । निर्वाचनका लागि मौन अवधी शुरु भईसकेको छ ।

सञ्चार माध्यमलाई भने ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो चरणको निर्वाचनका लागि शुरु भएको मौन अवधीमा समाचार माध्यमबाट प्रकाशान तथा प्रशारण गरिने समाचार जन्य सामाग्रीबाट दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवघीमा आचारसंहिता विपरितका कुनैपनि प्रकारका सामाग्री प्रकाशन प्रशारण नगर्न आग्रह गरिन्छ ।’

दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा दल र तिनका उम्मेदवारले भने प्रचार गर्न पाउनेछन् ।