काठमाण्डौं-इटलीको एक अदालतले सामुहीक बलत्कारको घटनामा ब्राजिलियन फुटवल खेलाडी रोबिनोलाई दोषी ठहर गर्दै ९ बर्षको जेलसजाय सु्नाएको छ ।


ADVERTISEMENT


सन् २०१३ मा इटलीको मिलानमा अल्बानियाकी एक युवतीको सामुहिक बलात्कारमा ३३ बर्षीय रोबिनो पनि संलग्न रहेको अदालतको ठहर छ ।


ADVERTISEMENT

# # #


सन् २०१५ मा एसी मिलान फुटवल क्लव छोडेका रोबिनो अदालतमा उपस्थित नभएपनि उनका वकिलले भने निर्दोष रहेको बताएका थिए ।

२ बर्ष म्यानचेस्टर सिटिमा आवद्ध रहेका रोबिनो हाल ब्रजिलको राष्ट्रिय क्लवबाट खेलिरहेका छन् ।