काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि अमेरिकी अनुदान सहायता सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार पत्रकारसम्मेलन गर्दै प्रचण्डले एमसीसीका कारण देश विभाजनको अवस्थामा पुगेको, सडकमा आन्दोलन सुरु भएको र पार्टीभित्र समेत समस्या पैदा भएको, संविधान र शान्ति सम्झौतामा नै खतरा उत्पन्न भएपछि एमसीसी संसदबाट अनुमोदन गरिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सडकमा पनि आन्दोलन बढ्दै जान थाल्यो, पार्टीभित्र पनि विवाद बढ्दै जान थाल्यो । मैँले के चित्र देख्न थालेँ भने यो विषयलाई हामीले ठिक ढंगले ह्याण्डल गरिएन भने शान्ति सम्झौता पनि दुर्घटनामा पर्ने चित्र देखेँ मैँ ।’ उनले भने, ‘संविधान त डिरेल हने खतरा । यो सरकार जाने अर्को सरकार आउने मात्रै देखिएन । धेरै चिज उल्टिने खतरा देखियो ।’

नेकपामा रहँदा नै आफूले एमसीसीसँगै संसदबाट कुनै प्रस्ताव पारित गरेर स्पष्ट पारौँ भन्ने प्रस्ताव गर्दा पनि तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नमानेको प्रचण्डले दाबी गरे । उनले भने, ‘उहाँले संकल्प वा अन्य कुनै पनि प्रस्ताव जरुरी छैन । एक अक्षर पनि संशोधन गर्न सकिँदैन प्रचण्डहरुले जे भन्न खोजेका छन्, त्यसमा म सहमत छैन भनेर देउवाजीलाई भनेपछि कुनै पनि प्रस्ताव त्यसबेला पारित हुन नसकेको हो ।’

आफू एमसीसीको विरोधमा नभए पनि सम्झौतालाई लिएर केही प्रश्न उठेको र त्यसको सम्बोधनका लागि राष्ट्रिय सहमतिको प्रयास गरेको र त्यस्तो हुन नसकेपछि ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पास गर्ने कुरामा सहमत भएको बताए । उनले संसदले आइतबार एमसीसीसँगै पास गरेको ‘व्याख्यात्मक घोषणा’ अन्तर्राष्ट्रिय कानुनसरह नै लागू हुनु जिकिर गरे ।

उनले एमसीसी राष्ट्रको एकताको लागि, संविधान र लोकतन्त्रको रक्षाको लागि रहेको बताए ।