काठमाण्डौं-जिम्बावेको नयाँ राष्ट्रपतिका रुपमा इमरसन नानगांग्वाले आज सपथ लिदै छन ।


ADVERTISEMENT


३७ बर्षसम्म सत्तामा रहेका रोबर्ट मुगाबेले गत बुधबार पदबाट राजिनामा दिएपछि पूर्व उपराष्ट्रपति नानगांग्वाले आज राष्ट्रपतिको सपथ लिनु लागेका हुन ।


ADVERTISEMENT

# # #


पुर्व राष्ट्रपति रोर्बट मुगावेको राजिनामा प्रक्रिया पुरा भएको केही घण्टामा नानगांग्वालाई राष्ट्रपतिमा नियुक्त गर्ने सत्तारुढ जानु पिएफ पार्टीले निर्णय गरेको थियो ।

उपराष्ट्रपतिलाई बर्खास्त गरेपछि सेनाले मुगावेलाई नियन्त्रणमा लिई नजरबन्दमा राख्नुका साथै सत्तारुढ जानु पिएफ दलले राजिनामा दिन दबाब दिदै आएको थियो ।

९३ वर्षिय नेता मुगावेले पत्नि ग्रेसलाई राष्ट्रपति बनाउने योजना अनुरुप उप राष्ट्रपति रहेका नानगांग्वालाई पदमुक्त गरेपछि जिम्बावेमा राजनितिक संकट चुलिएको थियो ।