काठमाडौँ– अभिनेता पल शाह र एक गायिकाबीचको केशलाई लिएर हाल चलचित्र दुनियाँ तरङ्गित छ । एककान दुई कान मैदान हुदैँ यो केशले हाल झण्डै आधा देशकै ध्यानाकर्षण गरिसकेको छ । यसैकारण पनि यसलाई राष्ट्रिय केश भन्दा पनि खासै फरक नपर्ला ।


ADVERTISEMENT


हुन त अभिनेता शाह यतिबेला नाबालिगसग यौन सम्बन्ध स्थापित गरेको कसुरमा प्रहरी नियन्त्रणमा छन् । गत आइतबार मात्रै शाहले जिल्ला प्रहरी कार्यालय, तनहुँ पुगेर आत्मसमर्पण गरेका हुन् । यसैबीच यी दुईबीचको केशलाई नियाली रहेका कलाकारहरु एकपछि अर्काे गर्दै आफ्नो धारणाहरु व्यक्त गर्न थालेका छन् ।


ADVERTISEMENT

# # #


यसैबीच नायिका रेखा थापाले एक पोष्ट मार्फत आफ्नो मुख खोलेकी छन् । उनले लेखेकी छन्, ‘२० वर्षमुनिका छोरीहरु बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएको नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’

यस्तै अर्की नायिका ऋचा शर्मा लेख्छिन्, ‘मुलुकी अपराध संहिताले १८ वर्षमुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो भन्छ । कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेका कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौ नि । हैन र रु १८ वर्षमुनिकाको सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो । यति बुझौं नाबालिगकै करमा पनि कसैले सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न । मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण कानुनको सम्मान हो ।’

त्यसैगरि हाल अमेरिकामा रहेकी अभिनेत्री विनिता बराल छोरीहरु अझैपनि सुरक्षित नभएकोतर्फ संकेत गर्दे लेख्छिन्, ‘म पनि सधै उस्तै त्रासमा बाँच्ने दुईवटा छोरीहरुकी आमा हुँदैछु । कसरी जोगाउने यी नानीहरुलाई रु कस्तो शिक्षा दिए आफूलाई बचाउन सक्नेछन् ? कुन क्षेत्रमा कर्म गर्न पठाए आफूलाई जतनसँग राख्न सक्लान् ?’

यस्तै, नेपाली सिने उद्योगमा सदाबहार नायिकाको छवि बनाएकी करिश्मा करिश्मा मानन्धरले सामाजिक सञ्जालबाटै अभिनेता शाहलाई ‘स्टे स्ट्रङ’ भन्दै ढाडस दिएकी छन् भने, भर्खरै मात्र ‘म यस्तो गी गाउँछु–२’ का शाहका को–एक्टर पुजा शर्माले ‘आई मिस यु’ भन्दै ‘जस्टिस फर पल शाह’ को एक ब्यानर पोष्ट गरेकी छन् ।