काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटामाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भ्रम सिर्जना गर्ने र अपवाह फेलाउन खोजेको भन्दै सचिवालयले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


बुधबार एक विज्ञप्ती निकाल्दै सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले सभामुखले बोल्दै नबोलेको कुरालाई एमालेले कपोल्कपित तरिकाले जोडेर गलत भाय निर्माण गर्न खोजेको बताएका छन् ।


ADVERTISEMENT

# # #


मंगलबार एमालेले पत्रकारसम्मेलनमार्फत जाररुी विज्ञप्तीमा संसदको अवरोधलाई अनदेखा गर्दै सभामुखले बलमिच्याई गरेको आरोप लगाएको थियो । सोही विषयको खण्डन गर्दै सभामुखको सचिवालयले भनेको छ, ‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित बताउँदै प्रेस विज्ञ न्यौपानेले एमालेलाई उक्त आरोप पुष्टि गर्न समेत चुनौती दिएका छन् ।

उनले भनेका छन्, ‘नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र कानुनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुखविरुद्ध कपोलकल्पित एवम् भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक छ । उहाँले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौँ ।’