काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।


ADVERTISEMENT


काठमाडौंमा सुरु बैठकमा विभिन्न ६ वटा एजेण्डामाथि छलफल भएको छ । बैठकमा एमसीसीको विषय, संगठनात्मक काम, नेताहरुको कार्यविभाजन, स्थानीय तह निर्वाचन लगाएतका बिषयमा छलफल सुरु भएको माओवादी नेता देव गुरुङले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रित हुने प्रस्ताव गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै संशोधनविना एमसीसी अनुमोदन गर्न नहुने भन्दै आए पनि व्याख्यात्मक घोषणाले सहयोग गरेकाले निर्णयमा पुगेको प्रचण्डले बताएका थिए ।

बैठकमा नेता नारायणकाजी श्रेष्ठले एमसीसी हतारमा पारित भएकोले फरक मत रहेको बताएको गुरुङले जानकारी दिए । नेता गुरुङले श्रेष्ठले आफूलाई पार्टीबाटै जान भनेको भन्दै बैठकमा गुनासो गरेको बताए । प्रचण्डले पार्टी छोड्ने भनेर श्रेष्ठ लगायतका नेताहरुले भनेकाले आफूले इरिटेड भएर पत्रकार सम्मेलनमा त्यस्तो अभिव्यक्ति दिएको बताएको पनि नेता गुरुङले बताए ।

माओवादीको केन्द्रीय समिति आइतबार पुन: बस्ने गरी स्थगित भएको गुरुङले जानकारी दिए । एमसीसीलाई लिएर अन्तरविरोध चर्किएपछि माओवादीले केन्द्रीय समितिमा नै छलफलको एजेण्डा बनाएको हो । केन्द्रीय समितिले पदाधिकारी समेत चयन गर्ने बताइएको छ ।