काठमाडौँ – युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली राष्ट्रिय टीमको विदाइ गरिएको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टीमलाई बिदाई गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली टीम तत्काल भने श्रीलंकामा केही अभ्यास खेलका लागि प्रस्थान गर्नेछ । नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम रहेको छ । त्रिकोणात्मक सिरिजका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचिमा राखिएको छ ।

विदाई कार्यक्रममा मन्त्री गहतराजले खेल क्षेत्रको बिकासका लागि सरकार गम्भीर भएर लागिरहेको बताए । उनले नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने बिधा खेल क्षेत्र नै भएको भन्दै यस क्षेत्रलाई बलियो बनाउँदै अघि बढ्ने धारणा राखे ।

त्यस्तै नेपाली राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछानेले नेपाली टीमले राम्रो तयारी गरेको जानकारी दिए । यसअघि देखिएका कमी र कमजोरीलाई पनि सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए ।

नेपाली टीमले श्रीलंकामा चार वटा अभ्यास खेल खेल्ने छ । त्यसपछि टिम १४ मार्चमा यूएई प्रस्थान गर्ने छ । युएईमा नेपालले घरेलु टिम र पपुवा न्यू गिनी (पीएनजी)सँग त्रिकोणात्मक सिरिज खेल्ने छ । लिगमा टु मा नेपालले अहिलेसम्म आठ खेलमा चारमा जित र चारमा हार ब्यहोरेको छ ।