काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा विभाजन नभएकाले नै मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएको बताएका छन् । महाधिवेशनमा नेता कार्यकर्ता एक अर्काका विरुद्ध उभिएको भए पनि देशहितका लागि भने कांग्रेसले एकताको सन्देश दिइरहेको उनले बताएका हुन्।


ADVERTISEMENT


नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशनमा सम्बोधन गर्दै शर्माले भने,’जब लोकतन्त्रको सवाल आउँछ कांग्रेसले दुईमत गर्दैन । कांग्रेस लोकहितको कुरा गर्छ। अबको भरोसा भनेको रुपान्तरित कांग्रेस हो।’


ADVERTISEMENT

# # #


नेपालमा पाँच वर्षसम्म कुनै पनि सरकार नचलेको भन्ने बारेमा कर्मचारी प्रशासनले पनि गम्भीर भएर समीक्षा गर्नुपर्ने उनले बताए । सरकार बदलिँदा कर्मचारीहरुलाई भेदभावको व्यवहार हुने गरेको उनको भनाइ छ। ‘सरकार बदलिँदै गर्दा कर्मचारीलाई यो वा त्यो नाताले पूर्वाग्रहको ढंगले हेरिन्छ,’ उनले भने।

अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी थियो। त्यसपछि पाँच वर्ष कांग्रेसले नै सरकारको नेतृत्व गर्ने उनले बताए । शर्माले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले इमान्दारीका साथ एमसीसी पास गराएको बताए ।

‘दुईतिहाइ बहुमत हुँदा पनि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गराउन सकेनन् । देउवा विपक्षीको अवरोधका बाबजुद् एमसीसी पास गर्न सफल भए,’ उनले भने।