काठमाडौँ – नेकपा एमालेका सांसद मोहनबहादुर बानियाँ निलम्बित भएका छन् । जबरजस्ती करणीको अभियोग लागेपछि सांसद बानियाँ प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका हुन् ।


ADVERTISEMENT


आइतबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी संसदलाई दिएका हुन् । जुम्लाकी एक महिलाले बानियाँले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।


ADVERTISEMENT

# # #


४० वर्षीया ती महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा आफूमाथि करणी गरेको आरोप लगाएकी थिइन् । सोही आधारमा गत सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई पक्राउ गरेको थियो ।

बानियाँमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।