काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर ‘अर्ली इलेक्सन’ (निर्धारित समय अगावैको चुनाव)मा जानेबारे छलफल भइरहेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनमा ‘अर्ली इलेक्सन’बारे छलफल भइरहेको बताएका हुन् । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरिरहेकाले संसद विघटन र ‘अर्ली इलेक्सन’ त्यसको समाधान हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, संसदमा केपी ओलीको वितणडा कति सहने । त्यसैले संसद भंग गर्ने संसद पनि रहन्न केपी ओलीको वितण्डापनि रहन्न ।’

एकीकृत समाजवादी पार्टीका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने वा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने माग गर्दै एमालेले लामो समयदेखि संसद बैठकमा अवरोध गर्दै आएको छ ।